Nic Ad Nic Ad
Nic Ad Nic Ad

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

आइतबार, असार १६, २०८१

काठमाण्डौ – टी–२० विश्वकप उपाधि जितेसँगै भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टी–२० अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । फाइनल खेलपछिको पत्रकार सम्मेलनमा कप्तान शर्माले यो विदा लिने उपयुक्त समय भएको बताए ।

त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक क्षण आनन्द लिए। विदा लिने यो‌ समय हो।’

शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टि ट्वान्टी विश्वकप जितेको थियो। यसअघि भारत सन्‌ २००७ मा भएको पहिलो संस्करणमा च्याम्पियन बनेको थियो। रोहित त्यतिबेला पनि टोलीका सदस्य थिए । पूर्व कप्तान विराट कोहलीको भने यो पहिलो टि–ट्वान्टी विश्वकप उपाधि हो । हिजो भारतलाई टी–२० विश्वकप उपाधि जिताउने क्रममा कोहली प्लेयर अफ दि म्याच भएका थिए ।  
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०७:०५
प्रतिक्रिया दिनुहोस्