Nic Ad Nic Ad
Nic Ad Nic Ad

गण्डकीमा फेरि मन्त्री बन्दै फणीन्द्र देवकोटा

आइतबार, असार १६, २०८१

काठमाडौं - नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुनः गण्डकी प्रदेश सरकारको मन्त्री बन्दैछन् । माओवादी केन्द्रको पदमुक्त गर्ने निर्णयकाविरुद्ध सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद छिरेका देवकोटालाई आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री नियुक्त गर्न लागेका हुन् ।


उनलाई यसअघिकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेर सपथ खुवाउने तयारी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । गत जेठ २८ गते माओवादीको निर्णयविपरीत सांसद देवकोटाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए ।

त्यसको भोलिपल्टै पाण्डेले उनलाई मन्त्री नियुक्त गरेका थिए । माओवादीको चुनाव चिह्नबाट निर्वाचित भई माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले पदमुक्त गरेको थियो ।

माओवादीको निर्णयअनुसार सभामुख कृष्णप्रसाद धितालले बजेट आउनु अघिल्लो दिन जेठ ३२ गते देवकोटा पदमुक्त भएको सूचना टाँसेका थिए भने सभालाई पनि जानकारी गराएका थिए ।

माओवादीको निर्णयमा सभामुखले पदमुक्त गरेपछि त्यसको विरुद्धमा अदालतमा रिट हालेका देवकोटालाई प्रदेश सभा सदस्यकै हैसियममा काम गर्न गर्न सर्वोच्चले आदेश दिएको थियो ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्