Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा एमाले अध्यक्ष ओली नजानुको दुई कारण

आइतबार, असार १६, २०८१

काठमाडौं– माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीको महाधिवेशन आइतबारबाट काठमाडौंको प्रज्ञा भवन कमलादीमा सुरु भएको छ।

महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतलाई निम्तो दिइएको छ।

सत्ता घटक दलले गठबन्धन र त्यसभन्दा बाहेकका दललाई पनि महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिएको छ। 

तर यी मध्य एमाले अध्यक्ष ओली महाधिवेशनमा सहभागी नहुने भएका छन्। अरु नेता पठाउँछन् या पठाउँदैनन् त्यसको टुङ्गो लागेको छैन। सत्ता गठबन्धनमा रहेका कारणले नेता पठाउने सम्भावना समेत रहेको छ। तर ओली नजानुका दुई वटा कारण छन्। 

पहिलो, एकीकृत समाजवादीले यसलाई एमालेको निरन्तरताका रुपमा दशौं महाधिवेशन भनेको छ। ओलीलाई यो कुरा चित्त बुझेको छैन। 

दोस्रो, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बलियो सम्बन्ध कायम भइसकेको छैन। यसकारण पनि ओली अनुपस्थित हुने बताइएको छ। एकीकृत समाजवादीको दस्तावेजमा एमालेलाई प्रमुख दुश्मनको रुपमा चित्रण गरेर ओलीलाई गालिगलौज गरिएको र माधव नेपालले एक दिन अघिसम्म पनि एमाले फुटाएर ऐतिहासिक काम गरियो भनिरहेकाले त्यस्तो दलको अतिथी बन्न नसकिने ती नेताको भनाइ छ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्