Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवनमा मृत भेटिए चिनियाँ नागरिक छाङ सिन 

आइतबार, असार १६, २०८१

भरतपुर– चितवनको भरतपुरमा रहेको एक होटलमा चिनियाँ नागरिक पियान छाङ सिन मृत फेला परेका छन्। 

उनलाई बीपी कोइराला क्यान्सर अस्पताल अगाडिको बर्षना होटलमा मृत अवस्थामा फेला पारिएको हो। ५६ वर्षीय छाङ सिन असार १० गतेदेखि सो होटलमा बसेर बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए। 

उनी आज बिहान ८ बजेर ५५ मिनेटमा होटलको कोठाभित्र मृत फेला परेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्