Nic Ad Nic Ad
Nic Ad Nic Ad

युरोकपमा आज इंग्ल्याण्ड र स्लोभाकिया भिड्ने

आइतबार, असार १६, २०८१

काठमाडौँ– जर्मनीमा जारी युरोकप फुटबलमा आज इंग्ल्याण्ड र स्लोभाकियाबीच क्वार्टरफाइनलका लागि प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

इंग्ल्याण्ड समूह ‘सी’ मा शीर्षस्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । इंग्ल्याण्डले सर्बियालाई हराएको थियो भने डेनमार्क र स्लोभेनियासँग बराबरी खेलेको थियो ।


यस्तै स्लोभाकिया समूह ‘इ’मा तेस्रो स्थानमा रहेर नकआउटमा पुगेको थियो। स्लोभाकियाले बेल्जियमलाई हराएको थियो भने युक्रेनसँग पराजित र रोमानियासँग बराबरी खेलेको थियो ।

इंग्ल्याण्ड र स्लोभाकियाबीच अहिलेसम्म ६ खेल भएका छन् । जसमा इंग्ल्याण्डले ५ खेल जितेको छ भने एक खेल बराबरी भएको थियो ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्