Nic Ad Nic Ad
Nic Ad Nic Ad

गण्डकीको ऊर्जा मन्त्रीमा देवकोटा पुनः नियुक्त

आइतबार, असार १६, २०८१

गण्डकी– गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा फणिन्द्र देवकोटा पुनः नियुक्त भएका छन् ।

samridhi jewllers

सर्वोच्च अदालतले देवकोटाको प्रदेशसभा सदस्य पद कायम रहने आदेशसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई मन्त्रीमा नियुक्त गरेका हुन् । देवकोटाले आज प्रदेश प्रमुख भट्टबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यसअघि गत जेठ २९ गते पनि देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका थिए । तर नेकपा माओवादी केन्द्रले कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेलाई विश्वासको मत दिएको भन्दै देवकोटालाई कारबाही गरेको थियो । माओवादीको कारबाहीपश्चात् देवकोटा सर्वोच्च पुगेका थिए ।


यही असार १० गते सर्वोच्चले देवकोटाको सांसद पद रिक्त गर्ने सभामुखको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

 

 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्