Nic Ad Nic Ad
Nic Ad Nic Ad
मन्थन

किन अस्थीर छन् रास्वपा महामन्त्री ढकाल

आइतबार, असार १६, २०८१

काठमाडौं– यो साता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकाल निक्कै अस्थीर देखिएका छन्। स्थिर प्रकृतिका ढकालले समिक्षा यात्राको प्रतिवेदन तयार पारेदेखि अस्थीर देखिएका छन्। 

उनले सभापति रवि लामिछानेसँग नयाँ माग राखेको विषय सतहमा आएको छ। १९ असारका लागि तोकिएको केन्द्रीय समितिको बैठक लाइभ गर्नुपर्ने उनको प्रस्ताव छ। तर, सभापति लामिछानेले यसबारेमा कुनै निर्णय नदिएको पनि ढकाललाई उदृत गरी विभिन्न मिडियामा समाचार प्रकाशित छन्।

यसअघि उनलाई रास्वपा अनुशासन विभागले प्रतिवेदनका अंश मिडियामा बुझाएको भनी स्पष्टीकरण माग गरेको विषय बाहिर आएको थियो। यसबाट पनि उनी बिचलित भएको बताइन्छ। ढकालले सभापति लामिछानेबाहेक कसैले स्पष्टीकरण लिन नसक्ने प्रतिक्रिया दिएका खबरहरू आएका थिए। 

समिक्षा यात्राबाट ढकालले पार्टीको हविगत विवेकशील साझाको जस्तो हुने जनताको मत पाएको प्रतिवेदनमा उल्लेख गरेका थिए। उनले पुराना पार्टीसँग भन्दा पनि बालेन, गोपी हमालसँग मिलेर जानुपर्ने स्थिति रहेको टिप्पणी गरेका थिए। 

यसै विषयलगायत आफूलाई महामन्त्री पदबाट कारबाही समेत हुन सक्ने शंकासहित ढकाल मिडियामा उस्थित भएका थिए। प्रतिवेदनका सन्दर्भमा सभापति लामिछानेले ‘महामन्त्रीले चिन्ता लिनु स्वभाविक भएको’ भन्दा अन्य प्रतिक्रिया दिएका छैनन्।

ढकालले अहिले नै पार्टीका सन्दर्भमा किन यस्तो प्रतिक्रिया दिए अनि प्रतिवेदन तयार पारे भन्ने विषयले अहिले चर्चा पाएको छ। सभापति लामिछानेनिकट मानिने महामन्त्री ढकाललाई रास्वपामा कोबाट जोखिम छ भन्ने विषयको खुलासा भइसकेको छैन। 

तर उपसभापति डीपी अर्यालले प्रतिवेदनमा राखिएका विषय महामन्त्री ढकालको निजी कुरा मात्र रहेको प्रतिक्रिया दिएको पनि सार्वजनिक भइसकेको छ। यस स्थितिमा महामन्त्री ढकालले केन्द्रीय समितिको बैठक लाइभ गर्नुपर्ने प्रस्ताव राख्नुलाई पनि मिहिन ढंगले लिइएको छ।
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्