Nic Ad Nic Ad
Nic Ad Nic Ad
राजनीति

देउवा दम्पत्ती र ओलीबीच भएको बालकोट वार्ताको अर्थ

आइतबार, असार १६, २०८१

काठमाडौं– प्रतिनिधि सभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताको भेटवार्तालाई विविध कोणबाट व्याख्या गरिन थालिएको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासहित एमाले अध्यक्ष ओलीलाई भेट गर्नका लागि शनिबार बालकोट पुगेका थिए। त्यहाँ लामो समयसम्म तीन जनाबीच विविध राजनीतिक विषयमा कुरकानी भएको थियो। 

सत्ता गठबन्धनमा खटपटकाबीच भएको भेटमा सम्भावित सरकार गठन वा समीकरणका विषयमा पनि कुराकानी भएको दाबी गरिन्छ। तर, बालकोट स्रोतका अनुसार अहिले त्यस विषयमा चर्चा भएको होइन। ‘सामान्य र औपचारिक भेटवार्ता हो, राजनीतिक विषयमा कुराकानी हुनु नयाँ विषय भएन तर समीकरणका विषयमा नै कुराकानी भएको भन्ने जानकारीमा छैन’, स्रोतले भन्यो। 

यता नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल तिव्रताका साथ कार्यान्वयनमा गएको छ। यहि प्रकरणमा बिचौलियाले आरजु राणाको नाम लिएको अडिओ पनि सार्वजनिक भएको थियो। भेटमा यस प्रकरणको छानबिनका विषयमा पनि कुराकानी भएको उच्च स्रोतको दाबी छ।

पछिल्लो समय कांग्रेस र एमाले मात्रै राजनीतिक प्रतिस्पर्धी भएको भन्ने चर्चा चल्न थालेको छ। बीचका केही समय कांग्रेस नेता डा. शेखर कोइरालाले स्थिर सरकार निर्माणमा कांग्रेस एमाले सहकार्य अनिवार्य रहेको पनि बताउँदै आएका थिए।

धेरै विषयका बारेमा खुलासा नभए पनि यो भेटलाई राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ। देउवा हत्तपत्त भेटका लागि अन्य दलका शीर्ष नेताको निवासमा पुग्ने गरेका छैनन्। यसैले पनि यो भेटलाई महत्वका साथ हेरिन्छ।

उक्त भेटपछि एमाले अध्यक्ष ओलीले आइतबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार भेट गरेका छन्। बालुवाटारमा यो भेट भएको हो।
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्