Nic Ad Nic Ad
Nic Ad Nic Ad

लालीगुराँस सहकारीका सीईओपछि अध्यसहित अन्य तीन पनि पक्राउ

आइतबार, असार १६, २०८१

काठमाडौं– ललितपुरको पुल्चोकस्थित लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

समस्याग्रस्त सहकारीका रुपमा राखिएको लालीगुराँसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीलाई यसअघि पक्राउ गरिएको थियो।

सहकारीको रकम हिनामिनाको आरोपमा प्रहरीले अध्यक्ष अमरदास श्रेष्ठ, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कमदबाबा जोशी प्रधानलाई पनि पक्राउ गरेको छ।

आकर्षक ब्याज दिने, चाहिएको बेला बचत झिक्न पाइने विश्वास दिलाइ बचतकर्ताहरूलाई हानि नोक्सानी गरी सञ्चालकहरूलाई लाभ दिएको प्रहरीले बताएको छ।
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्