Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी प्रकरण : छानबिन गर्न गठित समितिको बैठक बस्दै

आइतबार, असार १६, २०८१

काठमाडौँ - सिंहदरवारस्थित संसद सचिवालयमा रहेको कार्यालयमा सहकारी संस्था बचत रकम संसदीय विशेष छानबिन समितिको बैठक बस्दैछ ।

अहिले केहिबेरमा बस्ने बैठकमा यसअघि विभिन्न समयमा समस्याग्रस्त सहकारीको विषयमा छानबिन गरेका समितिका संयोजकसँग छलफल गर्ने एजेण्डा रहेको छ ।


‘यसअघि सहकारी संस्थामा छानबिन, जाँचबुझ गर्ने समितिका ४ जना संयोजकसँग छलफल राखिएको र यसबाहेक अरु नियमित विषयमा छलफल गर्ने समितिका संयोजक एमाले सांसद सूर्य थापाले बताए ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १३:२९
प्रतिक्रिया दिनुहोस्