Nic Ad Nic Ad
Nic Ad Nic Ad

घरको छतमा ट्याक्टर खस्दा दुई बालिका घाइते

आइतबार, असार १६, २०८१

काठमाडौँ - बैतडीमा घरको छतमा ट्याक्टर खस्दा दुई बालिका घाइते भएका छन् ।

मेलौली नगरपालिका–३ तल्खेतमा सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्याक्टर दुर्घटना भएर छतमा खसेको प्रहरीले जनाएको छ । 


घाइते हुनेमा स्थानीय ७ वर्षीया निकिता चन्द र ७ वर्षीया पूर्णिमा चन्द रहेका छन् । घाइते दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार ढुङ्गा बोक्दै गरेको ट्याक्टर एक्कासि सडकबाट एक सय मिटर तल रहेको घरको छतमा खसेको हो ।

ट्याक्टर छतमा खस्दा घरमा समेत क्षति पुगेको छ । प्रहरीले ट्याक्टर चालक धनीराम डगौरालाई नियन्त्रणमा लिएको छ। 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्