नेभिगेशन
समाज विविध

गर्माएको राजनीतिक चर्चाबीच कांग्रेस सभापति देउवाले पूर्वसहित पार्टीका पदाधिकारीको बैठक डाके

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक डाकेका छन्। निजी निवास बुढानिलकण्ठमा आइतबार पूर्वपदाधिकारीलाई समेत बोलाइएको छ। 

पार्टीका भ्रातृ संस्थाको महाधिवेशनका विषयमा कुराकानी गर्नका लागि बैठक डाकिएको बताइएको छ। तर, उनको यो बैठकलाई पनि राष्ट्रिय राजनीतिमा चलेको चर्चासँग जोडेर हेरिएको छ। 

देउवा पत्नी आरजु राणासहित शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेर प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको भन्ने चर्चाले राजनीति गर्माएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध