Nic Ad Nic Ad
Nic Ad Nic Ad

सशस्त्र प्रहरीका असई थमन विक हत्या अभियुक्त पूर्वसांसद यादव पक्राउ

आइतबार, असार १६, २०८१

जनकपुर– मधेस प्रदेशका पूर्वसांसद कौशलकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ। फरार रहेका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरिएको महोत्तरी प्रहरीले जानकारी दिएको छ। 

उनी सशस्त्र प्रहरीका असई थमन विकको हत्याअभियुक्त हुन्। अदालतले दोषी मानेका यादव लोसपाका नेता हुन्। उनलाई जिल्ला अदालतमा हाजिर गराइएको छ। 

तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा २०७४ सालमा यादव निर्वाचित भएका थिए। लोसपाबाट गत निर्वाचनमा लडेका उनी पराजित भएका थिए।
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्