Nic Ad Nic Ad
Nic Ad Nic Ad

सीके राउतको प्रश्न- पार्टीको नाम जस्तै समाजवादी यात्रामा हिँडेका छौँ ?

आइतबार, असार १६, २०८१

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले आफूलाई नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीको नाम मन परेको बताएका छन् ।

समाजवादीको आइतबार प्रज्ञा भवनमा सुरु दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘जति मलाई नाम मन पर्छ, ठूलो डर पनि लाग्छ । जहिले पनि नेकपा एसलाई सम्झिँदा त्यही सम्झिन्छु। लोकतान्त्रिकदेखि गणतान्त्रिक आन्दोलन र संविधान निर्माणमा ठूलो भूमिका खेलेका नेता र कार्यकर्ताहरूको पार्टीकै रुपमा सम्झन्छु’, उनले भने, ‘म दुई चारवटा कुरा मात्रै यहाँ उठाउन आएको । मैले सुरुमै भने मलाई यो पार्टी एकदम प्यारो लाग्छ, तर डर पनि लाग्छ । किनभन्दा ३० दिनमा १५ दिन पाँच तारे होटलमा गएर खाना खानुपर्ने अवस्था छ । जहाँ चाहिँ ३०/४० प्रतिशत जनता गरिबीको रेखामुनि बाँचिराखेका छन् भने म आफूलाई समाजवादी भन्ने कि नभन्ने?’

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्