सञ्जाल प्रभावः लेन अनुशासन उल्लंघन गरेको सरकारी गाडीका चालकमाथि प्रहरीको कारबाही
काठमाडौं– नेपाल प्रहरीले लेन अनुशासन तोड्ने सरकारी गाडीका चालकमाथि कारबाही गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार सामाजिक सञ्जालमा लेन अनुशासन उल्लंघन गरी सरकारी गाडी अर्कोतर्फ गएको भिडिओ भाइरल भएको थियो।
ललितपुरको सातदोबाटोस्थित चक्रपथमा बा१झ ७६७४ नम्बरको सरकारी गाडीले मेडियमनै पार गरेर अर्को लेनमा गएको भाइरल भिडियोमा देखिएको छ।
उक्त गाडी जल उत्पन्न प्रकोप नियन्त्रण विभागको रहेको खुलेको छ ।
प्रकाशित मिति: आइतबार, असार १६, २०८१ १५:५०
प्रतिक्रिया दिनुहोस्