Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसदीय विशेष समितिले माग्यो समस्याग्रस्त २० वटा सहकारीका कागजात

आइतबार, असार १६, २०८१

काठमाडौँ- सहकारीको बचत रकम हिनामिनाबारे छानबिन गर्न गठित संसदीय समितिले  समस्याग्रस्त २० वटा सहकारीका कागजात माग गरेको छ ।

‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ को आइतबार बसेको बैठकले समितिको कार्यादेशको अनुसूची-१ मा समावेश रहेका २० वटा सहकारीसँग सम्बन्धित कागजातहरू उपलब्ध गराउन सम्बन्धित निकायहरूमा पत्राचार गर्ने निर्णय गरेको हो ।समितिले आइतबार २०६१ सालमा गठित सहकारी अध्ययन समितिका संयोजक डा। युवराज खतिवडा, २०७० सालमा गठित समस्याग्रस्त सहकारी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र २०४७ सालमा गठित सहकारी अध्ययन कार्यदलका संयोजक राधाकृष्ण मैनालीसँग छलफल गरेको छ ।

संसदीय विशेष समितिका सभापति सूर्य थापाका अनुसार तिनैजनाले सहकारीसम्बन्धी आआफ्नो समयका अध्ययनका निष्कर्षहरूका साथै हालको संकट र सहकारी क्षेत्रको समस्या समाधान गर्ने बारेमा सुझावहरू राखेका छन् ।

गत जेठ १५ गते सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति गठन भएको थियो ।

थापाको सभापतित्वमा रहेको समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्