Nic Ad Nic Ad
Nic Ad Nic Ad

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन हिरासतमा राख्न अनुमति

आइतबार, असार १६, २०८१

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

शुक्रबार राति पक्राउ परेका झालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश पाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

शुक्रबार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पेश गरिएको थियो । पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

प्रहरीको विशेष ब्युरोको टोलीले बेचनलाई भारतबाट समातेर शुक्रबार जिल्ला प्रहरी परिसर, काठमाडौँको जिम्मा लगाएको छ ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्