Nic Ad Nic Ad
Nic Ad Nic Ad

वन अधिकृतविरुद्धको भ्रष्टाचार मुद्दामा बकपत्र गर्नेलाई मुद्दा

आइतबार, असार १६, २०८१

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा सरकारी साक्षीको रूपमा बयानको प्रतिकूल हुने गरी बकपत्र गर्ने एक जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । 

बाँके डुडुवा गाउँपालिका वडा नं. ६ घर भएका मकरध्वज पाण्डेविरुद्ध मुद्दा दर्ता गरिएको हो ।  पाण्डेलाई आयोगबाट विशेष अदालत काठमाडौँमा दर्ता भएको नेपालगन्ज सव-डिभिजन वन कार्यालय झाका तत्कालीन सहायक वन अधिकृत नारायण पार्धेले घुस लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रूपमा पेस गरिएको थियो । तर, उनले आयोगमा गरेको बयानको प्रतिकूल हुने गरी बकपत्र गरेका थिए । 

पाण्डेले विशेष अदालतसमक्ष बकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको बयान ब्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको आयोगले जनाएको छ ।  

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्