Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापालाई भोलि अदालत पेश गरिने

आइतबार, असार १६, २०८१

काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई सोमबार अदालत पेश गरिने भएको छ । आइतबार पालो नआएको भन्दै पुनः सोमबार ल्याउन अदालतले आदेश दिएको हो ।

शुक्रबार राति पक्राउ परेका थापालाई सुनुवाइका लागि प्रहरीले आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । यस मुद्दामा एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जना पुर्पक्षका लागि थुनामा छन् । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र आङटावा शेर्पासहितका आरोपीहरु भने धरौटीमा रिहा भएका छन् ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १९:४९
प्रतिक्रिया दिनुहोस्