Nic Ad Nic Ad
Nic Ad Nic Ad

एसईईको मौका परीक्षा साउन २३ गतेदेखि हुने

आइतबार, असार १६, २०८१

काठमाडौं-माध्यमिक शिक्षा परीक्षा (एसईई)को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । परीक्षा तालिका भने सोमबार सार्वजनिक गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डको आइतबार बसेको बैठकले साउन २३ देखि ३१ गतेसम्म मौका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने तयारी गरिएको थियो । तर शिक्षा मन्त्रालयले सबै विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने निर्णय गरेपछि परीक्षाको नयाँ मिति सार्वजनिक गरिएको हो ।

सरकारले कानुनी रूपमै कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसकेपछि एसईईमा फेल भएको देखाई उनीहरूलाई रोक्न नहुने निर्णय लिएको हो ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  २०:३२
प्रतिक्रिया दिनुहोस्