Nic Ad Nic Ad
Nic Ad Nic Ad

सवि देखेपछि बालेनको कविता...

आइतबार, असार १६, २०८१

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कविता मार्फत सडक विभागले आफ्नो बाटोमा सवि लेखेकोमा बालेन शाहले आफ्नो पत्नीलाई सम्झदै कबिता लेखेका छन् । 

मेयर शाहले आइतबार सामाजिक संजालमा एक कविता शेयर गर्दै भनेका छन्

Dear Sabee,

जीवन यस्तो होस ,
तिमीलाई सम्झिने मात्र काम होस ,
माया यस्तो होस ,
भित्ता भित्तामा तिम्रो नाम होस !

यता पोलमा सडक डिभिजन कार्यालय काठमाडौंले आफ्नो क्षेत्राधिकारभित्रका सडक छेउका पोलमा ‘सडक विभाग’ को संक्षिप्त रुप ‘स. वि.’ लेखिरहेको छ । सडक विभागलाई व्यंग्य गर्दै उनले यस्तो लेखेका हुन् ।

काठमाडौं महानगरपालिकाले सडक विभाग अन्तर्गतको सडक बिग्रँदा र समयमै मर्मत नहुँदा आफूमाथि अपजस आएको दाबी गर्दै आएको छ । 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  २२:१०
प्रतिक्रिया दिनुहोस्