Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज यी स्थानमा भारी वर्षा हुने, सावधानी अपनाउन महाशाखाको आग्रह

सोमबार, असार १७, २०८१


काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । 

देशका केही स्थानहरूका मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी,बागमती र गण्डकी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको छ । धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ । 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०६:४३
प्रतिक्रिया दिनुहोस्