नेभिगेशन
सुरक्षा–अपराध

सेना जस्तै प्रहरीमा सुरु भयो स्टाफ कलेज, नगर्ने आईजीको रेशमा पर्दैन

काठमाडौं– नेपाली सेनामा प्रधान सेनापतिको प्रतिस्पर्धामा उत्रिन स्टाफ कलेज अनिवार्य गर्नुपर्ने नियम जस्तै नेपाल प्रहरीको महानिरिक्षक (आईजी) बन्न पनि अब सोही नियम लागू भएको छ। 

प्रहरीले स्टाफ कलेज सञ्चालनसँगै यो नियम कार्यान्वयनको बाटोमा लागेको हो। यसअघि प्रहरीमा यो व्यवस्था थिएन।

माष्टर इन पुलिस साइन्स कार्यक्रम नगर्ने बढुवामा पनि पछि पर्न सक्छ। प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा बुधबार औपचारिक रुपमा कार्यालय स्थापना गरिएको छ।

स्टाफ कलेजको कार्यकारी निर्देशक डिआइजी राजन अधिकारी छन्। 

एकेडेमीले आगामी दुई महिनाभित्रै स्टाफ कलेजका लागि प्रवेश परीक्षाको प्रक्रिया अघि बढाउने तयारी गरेको छ। प्रहरी निरीक्षक आधारभुत तालिमको १५८ तथा पिजिडिपिएस सातौं ब्याच एमपीएस सुरु गर्न लागिएको छ।

यो ब्याचका ६५ जना डिएसपी तथा ७९ जना इन्सपेक्टर छन्। इन्सपेक्टरको ठूलो ब्याच भएकाले यही टोलीबाट कार्यान्वायन गर्न लागिएको बताइएको छ। यो कोर्स १६ महिनाको हुने नेपाल प्रहरी शिक्षण प्रतिष्ठानले जनाएको छ। 

उनीहरुमध्येबाट प्रवेश परीक्षा उत्तीर्ण गर्न सक्ने अधिकतम ३५ जनाले यस्तो कोर्स गर्न पाउनेछन्। प्रवेश परीक्षा त्रिभुवन विश्वबिद्यालयले नै लिनेछ। 
न्यूनतम सात वर्ष पदावधि पुगेका इन्सपेक्टरले प्रवेश परीक्षा दिन पाउने व्यवस्था छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध