Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिनिधिसभामा एक जना पनि मन्त्री नआएपछि बैठक स्थगित

सोमबार, असार १७, २०८१

काठमाडौं - प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुखले बैठक सुरू गर्नासाथ कांग्रेसका सांसद रामकृष्ण यादवले एक जना पनि मन्त्रीहरु बैठकमा उपस्थित नभएको भन्दै ध्यानाकर्षण गराएपछि बैठक स्थगित भएको हो ।

उनले भने, ‘प्रतिनिधिसभा बैठकमा मन्त्रीपरिषदका एक जना पनि सदस्य उपस्थित नभएको अवस्था छ । सभामुखको ध्यानाकर्षण गराउन चाहान्छु । सोमबार ११ बजेका लागि बोलाइएको बैठकमा अर्थ, गृह र शिक्षा मन्त्रीसँग प्रश्न उत्तर कार्यसूची थियो ।

सांसद यादवको ध्यानाकर्षणपछि सभामुख देवराज घिमिरेले आजै बस्नेगरी १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा सांसद बस्ने अधिकांश कुर्सि पनि खाली छन् ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्