Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ : सांसद राई

सोमबार, असार १७, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले भ्रष्टाचार अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताएकी छन् ।

samridhi jewllers

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले भनिन्, ‘पहिलो हुने निर्वाचन प्रणालीमा एक मत बढी भए पनि जीत र हार निकाल्ने खेल भ्रष्टाचारको एउटा मुख्य अंश हो । प्रत्यक्ष निर्वाचन प्रणालीमा उम्मेदवारले मौन अवधिको समयमा मतदाता प्रभावित गर्ने अवस्था अन्त्य गर्नुपर्छ ।’

समानुपातिक निर्वाचन प्रणालीका विषयमा संविधान संशोधन गर्नुपर्ने आवाज कतिपयले उठाइरहेका बेला माओवादी सांसद राईले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताएकी हुन् ।

‘हाम्रो जस्तो विविधतायुक्त समाजमा समान सहभागिता र न्यायपूर्ण प्रतिनिधित्व पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत मात्र सम्भव हुन्छ । व्यक्ति-व्यक्ति उम्मेदवार नहुने यो प्रणाली भ्रष्टाचार अन्त्य हुने संवैधानिक औषधि पनि हो,’ उनले भनिन् ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्