Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिँचाइ अभावले दोलखामा ३४ प्रतिशत मात्रै रोपाइँ

सोमबार, असार १७, २०८१

दोलखा– जिल्लामा यस वर्ष असारको १५ बितिसक्दा पनि  सहज रूपमा धान रोपाइँ हुन नसकेको पाइएको छ।

असार महिना विशेष गरी धान रोप्ने समय हो । असारको अन्तिम सातासम्म प्रायः जसो खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । तर यस वर्ष पानी पर्याप्त मात्रामा नपर्दा दोलखामा ३४ प्रतिशत क्षेत्रमा मात्रै  रोपाइँ भएको पाइएको छ। पानी पर्याप्त नपर्दा धान खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको जिल्लाका किसानहरूले बताउन थालेका छन् ।

गत वर्ष असार तेस्रो सातासम्म करिब ५५ प्रतिशत खेतमा रोपाइँ सकिएको थियो तर यस वर्ष भने,सिचाइ अभाव तथा समयमै वर्षा नहुँदा हालसम्म जम्मा ३४.४ प्रतिशत बेसीमा मात्रै रोपाइँ भएको पाइएको छ ।

जिल्लाभर ३४.४ प्रतिशत धान रोपाइँ हुँदा मुख्य धान खेती हुने मेलुङ गाउँपालिकामा हालसम्म ४४.५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाका कृषि अधिकृत नन्दराज ओलीले बताए ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्