Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुबईमा राजेशपायल राईले युवती फ्यानसित गरे कामुक डान्स, यस्तो थियो कन्सर्ट (भिडिओ)

सोमबार, असार १७, २०८१

दुबई– संयुक्त अरब इमिरेट्स (युएई)को दुबई सहरमा भएको गायक राजेशपायल राईको कन्सर्टको ब्यापक चर्चा चलेको छ। 

उनले गाएको गीतले मात्र नभएर स्टेजमा युवती फ्यानसित गरेको कामुक डान्सको सर्वत्र चर्चा छ। 

अत्यधिक मदिरा सेवन गरी लफडा गरेको भनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजबाट घर फर्काइएका उनी एक दिनपछि दुबई पुगेका थिए। 
दुबईमा उनले कन्सर्ट गर्दा त्यहाँस्थित नेपालीको ठूलो संख्या उपस्थित भएको थियो।

त्यस्तो व्यवहार गर्दा सोसियल मिडियामा फ्यानहरुले आलोचना गरेका छन्। पछिल्लो समय उनको यश प्रकारका गतिविधिले उनको स्टार्डम खस्किदै जाँदै छ। 

पारिवारिक लफडा, काठमाडौंमा राती होहल्ला गरेर पनि आलोचित बनेका गायक राई विमानस्थलमा समेत फर्काइएको खबरले विवादमा परेका थिए। 

गायक राई लोकप्रिय भएका कारणले नै सबैभन्दा बढी विदेशमा कन्सर्ट गर्नेमा गनिन्छन्। तर, पछिल्ला दिनका हर्कतले उनको व्यावसायीक जीवनमा पनि धक्का पुग्न सक्ने अनुमान गरिएको छ।
 

भिडिओ स्रोत  : सामाजिक सञ्जाल फेसबुक

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्