नेभिगेशन
समाज विविध

ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्ने एजेन्डा पदाधिकारी बैठकमा लग्दै कांग्रेस सभापति देउवा

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्ने एजेन्डा कांग्रेस पदाधिकारी बैठकमा प्रवेश पाउने भएको छ। 

सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठमा बोलाएको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा यो एजेन्डालाई प्रवेश गराउने भएका हुन्। देउवानिकट उच्च स्रोतका अनुसार अहिलेको सत्ता समीकरण परिवर्तन गरी सरकारमा कांग्रेस–एमाले मात्र रहनेगरीको प्रस्ताव हुनेछ। 

यद्यपि यो विषयमा कांग्रेस र एमालेका अन्य नेताले स्वतन्त्र रुपमा पुष्टि गरेका छैनन्। तर देउवा दम्पत्ती शनिबार बालकोट पुगेपछि केन्द्रीय सत्ता समीकरण नै परिवर्तन हुने सम्भावनाबारे लख काटिएको थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध