Nic Ad Nic Ad
Nic Ad Nic Ad
राजनीति

प्रचण्डलाई प्रधानमन्त्री पद जोगाउन हम्मे–हम्मे, ओलीसँग लगातार वार्ताको निचोड के आयो?

सोमबार, असार १७, २०८१

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने चर्चाले प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तनाव दिएको छ। 

सत्ता समीकरणमा रहेको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष ओलीसँग प्रचण्ड लगातार वार्तामा छन्। आइतबार मात्र सिंहदरबारमा ओलीसँग वार्तालाप गरेका प्रचण्डले सोमबार बालुवाटारमा लामो छलफल गरेका छन्। 

समसामयिक राजनीतिको विषय, सरकारलाई गतीशील बनाउनेसम्बन्धमा कुराकानी भएको बताइए पनि प्रचण्ड सरकारको आयुमा सकस नहोस् भन्नेमा केन्द्रित रहेको छ। बालुवाटार बैठकको खास विषय सार्वजनिक भइसकेको छैन। तर प्रधानमन्त्री र त्यसमा पनि बलियो गठबन्धनको साथ हुँदा ओली तयार हुन्छन् कि हुँदैनन् भन्ने अहिले चर्चा छ। 

ओलीले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता गरे सरकार स्वतः अल्पमतमा पर्छ र कांग्रेससँग गठबन्धन भएको खण्डमा वैकल्पिक गठबन्धन बन्नै सक्तैन। यसकारण पनि प्रचण्डलाई अहिले पद जोगाउन हम्मे हम्मे परेको चर्चा छ।
 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्