Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वतन्त्रबाट जितेकै कारण बालेनलाई असफल बनाउन खोजियो : ज्ञानेन्द्र शाही

सोमबार, असार १७, २०८१

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले स्वतन्त्ररुपमा जितेकै कारण काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई असफल बनाउन खोजिएको दाबी गरेका छन्।

samridhi jewllers

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले राजनीतिक दलहरुले स्वतन्त्र रुपमा चुनाव जितेका बालेनलाई अप्ठ्यारोमा पारेर काम गर्न नदिएर असफल बनाउन खोजिएको दाबी गरेका हुन् ।

‘काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वतन्त्रबाट जितेकै कारण उनलाई कसरी असफल बनाउने, उनलाई कसरी अप्ठ्यारो पार्ने काम भइरहेको छ,’ शाहीले भने, ‘कुन नेताको घरमा हाजिर लगाएर अनि वडाध्यक्ष, सदस्यहरुलाई बोलाएर नाराजुलुस गरेर आज देशलाई अस्तव्यस्त पार्ने काम गरिएको छ । यो अस्तव्यस्त गर्ने काम बन्द गरियोस् ।’

शाहीले काठमाडौंका वडाध्यक्षहरुलाई दलका शीर्ष नेताहरुले फोनमा आदेश दिएर महानगरपालिकाको नगर सभामा विरोध प्रदर्शनका लागि निर्देशन दिने काम भइरहेको पनि टिप्पणी गरे ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्