Nic Ad Nic Ad
Nic Ad Nic Ad

तारा एयर सम्पर्कविहीन भएको हल्लाप्रति प्राधिकरण प्रवक्ता पाण्डे भन्छन्– त्यस्तो केही भएको सूचना छैन

सोमबार, असार १७, २०८१

काठमाडौं– पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको भन्ने सोमबार दिउँसो चलाइएको हल्ला निराधार रहेको पुष्टि भएको छ। 

एकाएक सामाजिक सञ्जालमा चलेको हल्लाबारे क्यानडानेपालले नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेसँग सम्पर्क गरेको थियो।

उनले भने,‘भर्खरै पोखरा टावरसँग कुरा भयो, त्यस्तो केही भएको खबर छैन। यो हल्ला कहाँबाट आयो हामी सिरियसली खोजी गर्छौं।’
उनले सबै सम्पर्कमा रहेको जानकारी पोखरा टावरले दिएको पनि बताए।
 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्