Nic Ad Nic Ad
Nic Ad Nic Ad

इन्फा फिल्म अवार्ड लण्डनमा आयोजना हुने

सोमबार, असार १७, २०८१

काठमाडौं- आगामी भदौ १५ गते लण्डनमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा २०२४)को आयोजना गरिने भएको छ ।

नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यसहित यति नेपाली एसोसिएसन बेलायतको आयोजना र सगिक्षा फिल्म इन्टरटेनमेन्ट प्रालिको व्यवस्थापनमा समारोह गर्न लागिएको हो । सन् २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका फिल्ममध्येबाट छनोट हुने उत्कृष्ट ३ फिल्मलाई पुरस्कृत गर्ने उल्लेख छ ।

अभिनेता सुनिल थापा जुरी संयोजक, गौरी मल्ल र उज्ज्वल घिमिरे सदस्य छन् । संस्थाका अध्यक्ष पिप्ला देवन थापाले मर्यादित अवार्ड समारोह आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरिन् । अवार्डका लागि युके कमिटीमा अध्यक्ष थापासहित पूर्वअध्यक्ष उमेश मोक्तान, महासचिव टंक भट्टराई, सचिव आशिषराज पन्त र पाल्देन लामा छन् ।

नेपाल कमिटीमा सगिक्षा फिल्मसको तर्फबाट सुनिल क्षेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रकाश कुवँर कोषाध्यक्ष र मनीष कार्की संयोजकका रुपमा छन् ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १४:५३
प्रतिक्रिया दिनुहोस्