Nic Ad Nic Ad
Nic Ad Nic Ad

न्युजिल्याण्डमा ‘देवी’ले जित्यो ‘एज अ इम्प्याक्ट’ अवार्ड

सोमबार, असार १७, २०८१

काठमाडौं- पत्रकार सुविना श्रेष्ठ निर्देशित डकुमेन्ट्री ‘देवी’ले न्युजिल्याण्डको डकएज फेस्टिभलमा अवार्ड जितेको छ ।

फेस्टिभलको ‘एज अ इम्प्याक्ट’ विधामा फिल्म उत्कृष्ट भएको हो । ८० मिनेट लामो फिल्मले नेपालको दशक लामो सशष्त्र द्वन्द्वको क्रममा यौन हिंसा भोगेका महिलाको न्यायका लागि माओवादी नेतृ तथा पूर्वसांसद देवी खड्काले गरेको संघर्षको कथा भन्छ ।

न्युजिल्यान्डको वेलिङ्टनमा जुन २३ देखि २७ सम्म आयोजना भएको फेस्टिभलमा ६६ डकुमेन्ट्री प्रतिस्पर्धामा थिए । यो फिल्म यसअघि क्यानडाको डकुमेन्ट्री फिल्म फेस्टिभलमा विश्व प्रिमियर भैसकेको छ । न्युजिल्याण्डमा भने फिल्मको एसिया प्रिमियर आयोजना गरिएको हो ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्