Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकाको ११ स्थानमा गुञ्जिंदै सुशान्त केसी

सोमबार, असार १७, २०८१

काठमाडौं- आगामी साउन ५ गते ‘सुशान्त केसी वर्ल्ड टुर लाइभ कन्सर्ट इन न्युयोर्क’ हुने भएको छ ।

न्युयोर्कको टाइम्स स्क्वायरस्थित प्लाटिनियममा गायक सुशान्त केसीले आफ्ना चर्चित गीतमार्फत दर्शक झुमाउनेछन् । हलिउड र बलिउडका कलाकारका मात्र कार्यक्रम हुँदै आएको यो भेन्युमा पहिलो पटक नेपाली कलाकारको कन्सर्ट हुन लागेको हो । कार्यक्रममा सुशान्तसहित ११ जना ब्यान्ड सदस्यले लाइभ म्युजिक प्रस्तुति दिनेछन् ।

कार्यक्रमको आयोजना ठमेल एनवाईसीका तर्फबाट लेलिन कँडेल, जिमी गुरुङ र रोशन गौचनले गर्दैछन् । कार्यक्रममा १६ वर्ष भन्दामाथिका दर्शक मात्र सहभागी हुन पाउने जनाइएको छ ।

युवापुस्तामाझ लोकप्रिय सुशान्तका ‘सारङ्गी’, ‘नजिक आऊ’, ‘गाजलु’, ‘हावाले’, ‘बेइमानी’, ‘भरिभरि दिन’ ‘भँगेरा’, ‘म तिमीलाई मन पराउँछु’ लगायत गीत चर्चित छन् । न्युयोर्कपछि सुशान्तले अमेरिकाका अन्य ११ स्थानमा समेत प्रस्तुति दिनेछन् ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्