Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘साहु बाको न्युड सिन प्रियंका कार्कीको हो भनेर धारणा बनाए  परिवर्तन गर्न चहान्न’

सोमबार, असार १७, २०८१

काठमाडौं– प्रशारणका लागि तयार भइरहेको वेभ सिरिज ‘साहु बा’को ट्रेलरमा रहेको न्युड सिन (नाङ्गो दृश्य) अभिनेत्री प्रियंका कार्कीको भन्ने धारणा बने त्यसलाई परिवर्तन गर्न नचाहने आयुश्मान देशराज जोशीले बताएका छन्। 

जोशी प्रियंकाका पति हुन्। साथै यस वेभ सिरिजका मुख्य छायाँकार पनि हुन्। उनले उक्त दृश्यलाई कलाकारिताको एउटा पाटोका रुपमा रहेको पनि बताएका छन्। तर त्यो सिन आफूले नखिचेको जोशीको प्रष्टोक्ति छ। 

त्यो सिनमा प्रियंका नै हो भनेर कसैले नभनेको पनि उनले बताएका छन्। साहु बाको ट्रेलरमा एक जना अभिनेता र अभिनेत्रीको नांगो दृश्य पछाडिबाट खिचिएको छ। यो, चलनचल्तीका सिनहरूभन्दा भद्दा भएको टिप्पणी गरिएको थियो। 

sahu-ba-1719828933.jpg
 

‘त्यो जनरामा मिल्ने चिजमात्र हामीले प्रस्तुत गर्न प्रयास गरेका छौं। त्यसलाई प्रष्टीकरण गर्नुपर्ने मेरो कर्तव्य हो जस्तो लाग्दैन, न त त्यसमा मेरो अधिकार नै छ। दर्शकले हेरेपछि आफैँ थाहा पाइहाल्नुहुन्छ’, जोशीले भनेका छन्,‘ त्यो सिन सिरिजको एउटा भाग मात्र हो। त्यही सिनले हेर्न उत्साह जागेको भए हेर्नुहोस्। तर सिरिजमा यो बाहेक पनि धेरै कुराहरू छन्।’ 

यदि त्यो न्यूड सिन प्रियंकाकै भएर आफूले खिच्नुपरेको भए पनि ठूलो विषय नहुने जोशीको जिकिर छ। ‘म क्यामरा पछाडि हुन्थेँ । उसले एउटा कलाकार भएर कलाकारिता निभाइरहेको हुन्थ्यो’, जोशीको भनाई छ।
 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्