Nic Ad Nic Ad
Nic Ad Nic Ad
सन्यास

टी–२० अन्तर्राष्ट्रियमा कोहलीको ‘बिराट’ अन्त्य

सोमबार, असार १७, २०८१
  • अशोक सापकोटा 

हरेक युगमा भारतीय क्रिकेटमा एक ‘लीजेंड’ हँुदै आएको पाइन्छ। ९० को दशकमा कपिल देवले सो उपनाम पाएका थिए भने कपिल देवपछि ‘मास्टर ब्लास्टर’ सचिन तेन्दुलकरलाई भारतीय क्रिकेटको लीजेंड भनेर पुजिएको थियो। 

सचिनलाई भारतमा क्रिकेटका भगवान् समेत भनिने गर्छ। सचिनको सन्यास पछि वर्तमान समयमा सो उपनामले बिराट कोहली परिचित छन्।

बिराट हाल भारतमा मात्र नभएर समग्र विश्व क्रिकेटको पोस्टर ब्वाय भनेर चिनिन्छन् । डेव्यु गरेयता नै लगातार अब्बल दर्जाको क्रिकेट खेल्दै आएका बिराट कोहलीले २०१५ देखि टेस्ट कप्तानी सम्हालेका थिए र त्यसको ठिक दुई वर्षपछि २०१७ मा कोहली अल फर्म्याट कप्तान बने। 

२०२२ को टि–२० विश्वकपसम्म कप्तान पदमा आसीन रहे पनि कोहलीले आफ्नो भारतलाई ट्रफि दिलाउन सकेनन्। यद्यपि उनको कप्तानीमा भारत तिनै फरम्याटमा अब्बल साबित भएको थियो र तिनै फरम्याटको वरियता क्रममा अगाडि थियो ।

खेलमा सधैँ उत्कृष्ट रहेका कोहली विश्व क्रिकेट जगतमा एक असफल कप्तान भनेर परिचित छन्। भारतीय क्रिकेटमा मात्र नभएर उनी फ्रेनचाईज क्रिकेटमा पनि सफल भएनन्। एक दशक भन्दा धेरै समय आरसिबीको कप्तानी पद सम्हालेका कोहलीले बैङ्लोरलाई ट्रफी दिलाउन सकेनन्।

२०२२ मा भारतीय क्रिकेटको कप्तानी पद त्यागेका कोहलीले २०२३ देखि आइपिएल टिम आरसिबीको कप्तानी पनि छाडे। सो समय उनी एकदमै कठिन परिस्थितिबाट गुज्रिरहेका थिए । उनको तत्कालीन फर्म पनि खासै चित्तबुझ्दो थिएन।

त्यस्तो अवस्थामा, धेरैले बिराट कोहलिको सुनौलो समय सकिन लागेको आङ्कलन गर्न थालेका थिए।

आफ्नो फर्म उत्कर्षमा रहेका बेला कुनै पनि उपाधि जिताउन नसकेको आरोप उनले बारम्बार खेप्नु परेको थियो। यद्यपि उनी धोनीको कप्तानीमा भारतले जितेको सन् २०११ को एकदिवसीय विश्वकप उपाधिको टोलिमा समावेस थिए। त्यतिखेर उनी युवा थिए।

तर बागडोर आफ्नो हातमा आईसकेपछी भने उनी सफल भैरहेका थिएनन्।

भर्खरै सम्पन्न भएको टि–२० अन्तराष्ट्रिय विश्वकपमा पनि बिराट कोहलीलाई हटाउनु पर्ने माग जोडदार उठिरहेको थियो। बिराट टि –२० आईका लागि फिट नभएको अड्कल हुन थालेको थियो। तर विश्वकप टोली घोषणा हुँदा बिराट कोहली सहितको टोली घोषणा भयो। भारतका कप्तान रोहित शर्माले बिराट कोहलीलाई जसरी पनि टोलीमा सहभागी गराउन पर्ने माग राखेको कुरा पनि त्यसताका बाहिरियो। 

कोहलीलाई टोलीमा समावेश मात्र गराइएन, उनलाई फरक भूमिका पनि दिए यसपालि कप्तान रोहित शर्माले। कोहलीले भारतीय टोलीका लागि रोहितसँगै ओपनिङ्ग गर्न पाए।

आरसिबीबाट खेल्दा ओपनर ब्याट्सम्यान रहे पनि राष्ट्रका लागि भने उनले अपवाद बाहेक यसअघि ओपनरको भूमिका निभाएका थिएनन्।
ओपनर बनेपछि पनि उनको फर्म खासै चित्तबुझ्दो रहेन, फाइनल भन्दा अगाडि भारतले खेलेको कुल ७ खेलमा बिराटले केबल ७५ रन मात्र बनाएका थिए जसमा २ खेलमा उनी शून्य रनमा आउट थिए।

फाइनल अगाडि पत्रकार सम्मेलनमा बिराटको प्रदर्शनमाथि प्रश्न उठाइयो जसमा कप्तान रोहितले बिराटको पूर्ण समर्थन गर्दै आफूमा बिराटको प्रदशनलाई लिएर पूरा विश्वास रहेको र फाइनलमा उनले आफ्नो वेस्ट पर्फरमेन्स दिने बताएका थिए। नभन्दै कप्तानले भने जस्तै भयो र उनैको ब्याटिङका मद्दतले भारतले दोस्रो पटक विश्वकप उपाधि जित्न सफल भयो। 

फाइनलको मेन अफ द म्याच रहेका कोहलीले ५९ बलमा ७६ रनको पारी खेल्दै टोलीलाई उपाधि दिलाउन निर्णायक बने। योसँगै लामो समयदेखि उपाधि जिताउन नसकेको भन्ने प्रश्नमा उनले पूर्णविराम लगाए र उनले खेलेको फाइनल नै उनका लागि टि–२० अन्तराष्ट्रियको अन्तिम खेल रहेको बताए। 

यसरी आफ्नो खेल जीवनमा उच्चतम सफलतासङै  विभिन्न आलोचना खेपेका कोहलीले टि–२० अन्तराष्ट्रियलाई सुखद बिदाइ गरेका छन्।
प्रतियोगिताभन्दा अगाडि नै कप्तान रोहितसँग “जितेरै यो फरम्याटलाई बिदाइ गर्ने हो भन्ने सल्लाह भएको कुरा पनि कोहलीले खेलपछि बताए। यो कुराबाट पनि कोहली ट्रफि जित्न कति आतुर थिए भन्ने कुरा बुझ्न सकिन्छ। 

खेलपछि बिराट निकै भावुक बनेका थिए। प्लेयर अफ द म्याच बनेर उपाधि ग्रहण गर्न जाँदा उनले आफ्नो आशु थाम्न सकेनन्। २०१० देखि टि–२० अन्तराष्ट्रिय खेल्ने क्रममा उनले १२५ खेलमा ४१८८ रन बनाएका छन्। उनको नाममा ३८ अर्धशतक र १ शतक रहेका छन्।
 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्