Nic Ad Nic Ad
Nic Ad Nic Ad

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी नियुक्त

सोमबार, असार १७, २०८१

काठमाडौँ- पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी नियुक्त भएका छन् ।

आज सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ स्तरीय बैठकले जोशीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

कोषको कार्यकारी निर्देशकको पदावधि ४ वर्षको हुन्छ । कोषको अध्यक्ष पर्यटनमन्त्री हुने प्रावधान छ । यसअघिका कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति उच्च अदालत पाटनले बदर गरिदिएको थियो ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्