Nic Ad Nic Ad
Nic Ad Nic Ad

बुढानीलकण्ठमा काँग्रेस पदाधिकारी बैठक जारी

सोमबार, असार १७, २०८१

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । सभापति देउवाको निवास बुढानीलकण्ठमा केहीबेरअघिबाट बैठक बसिरहेको हो ।

शनिबार साँझ देउवा-ओलीको बालकोट भेटपछि सत्ता समीकरण फेरि नसक्ने चर्चाबीच बोलाइएको काँग्रेसको बैठकलाई चासोका साथ हेरिएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र भावी रणनीतिमा छलफल भइरहेको एक नेताले बताए ।

पछिल्लो समय ओलीसँग देउवाको बाक्लिएको भेटले दुई ठूला दल काँग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणको सम्भावना बढेर गएको छ । काँग्रेसले ओलीलाई प्रधानमन्त्री बन्न गरेको प्रस्ताव र त्यसमा एमालेको ग्रीन सिग्नलले नयाँ ध्रुवीकरणको वातावरण बनेको बताइन् ।

यही मेसोमा तरंगित प्रचण्डले ओलीसँग पनि चरण चरणमा भेटघाट गरेका छन् ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्