नेभिगेशन
समाज विविध

कांग्रेस बैठकमा देउवाले भने– अहिले धेरै हल्ला नगरौं, ओलीजीसँग सम्बन्ध सुमधुर छ

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटबारे बताएका छन्। 

नेताहरूमाझ देउवाले सरकार परिवर्तनको हल्ला चलिरहेको सन्दर्भमाथि टिप्पणी गर्दै भने,‘अहिले धेरै हल्ला नगरौं, ओलीजीसँग सम्बन्ध सुमधुर छ।’

देउवा बालकोट पुगेपछि राष्ट्रिय राजनीतिमा नै तरङ्ग आएको छ। बैठकमा सहभागी एक नेता भन्छन्,‘दुई नेताबीच भेट हुँदा सरकार परिवर्तन हुने विषयको टिप्पणी स्वभाविक हो। सभापतिजीले यस बिषयमा धेरै कुरा गर्नुभएन।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध