Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओलीले बोलाए आफ्ना मन्त्रीहरूलाई बालकोट, काठमाडौं नछाड्न निर्देशन

सोमबार, असार १७, २०८१

काठमाडौं– एमाले अध्यक्ष  केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरूलाई छलफलमा बोलाएका छन् । एमालेको तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई छलफलका लागि बालकोट  बोलाइका हुन् । 

पछिल्लो समय कांग्रेस- एमालेको सरकार गठनका बारेमा छलफल चलिरहेको छ । यसै बेला ओलीले साँझ ६ बजेपछि अनौपचारिक छलफल गर्न बोलाएका हुन् । 

एक मन्त्रीले भने, ‘केही छलफल गर्नुपर्छ भनेर बोलाउनु भएको छ । मन्त्रिपरिषद् बैठक सकेर जाने हो ।’.

अध्यक्ष ओलीले आज साँझ साढे ६ बजे बालकोटस्थित आफ्नो निवासमा मन्त्रीहरूलाई छलफलका लागि बोलाएका हुन् । साथै, उनले तत्काल उपत्यका नछाड्न मन्त्रीहरुलाई निर्देशन समेत दिएका छन् ।

ओली र देउवाको पछिल्लो भेटपछि भने राजनीतिक वृत्त तरंगित बनेको छ। सामाजिक सञ्जालहरूमा त्यसलाई सम्भावित सत्तापरिवर्तनको तयारीका रूपमा चर्चा भइरहेको छ।

 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्