Nic Ad Nic Ad
Nic Ad Nic Ad

गठबन्धन फेरिने चर्चाबीच प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुसित मन्त्रिपरिषद बैठकमा यस्तो भने

सोमबार, असार १७, २०८१

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै गठबन्धन लामो समय टिक्ने बताएका छन् ।

सोमबार मन्त्रिपरिषद बैठकमा उनले गठबन्धनभित्र असमझदारी बढेको भनेर सार्वजनिक भएका समाचारमा सत्यता नभएको बताएका हुन् ।

सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार प्रधानमन्त्रीले अहिलेको सहकार्य लामै समय जाने बिफ्रिङ गरेका छन् ।

‘असमझदारी बढे भन्ने चर्चा परिचर्चा असत्य हुन्, यो गठबन्धन लामै समय जाने स्थिति बनेको छ भन्ने ब्रिफ गर्नुभएको छ’, उनले भनिन् ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १९:०३
प्रतिक्रिया दिनुहोस्