Nic Ad Nic Ad
Nic Ad Nic Ad

सामूहिक रुपमा मन्त्री बोलाएको खबर फैलिएपछि विश्वासपात्र महासेठ र गिरीलाई ओलीले बालकोट झिकाए

सोमबार, असार १७, २०८१

काठमाडौं– नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले बोलाएपछि उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ बालकोटमा पुगेका छन् ।

उनी केही बेरअघि ओलीको निवास बालकोटमा छिरेका हुन् । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सकिएपछि महासेठ सरकारी निवास पुल्चोक पुगेर बालकोटतिर लागेका हुन् ।

उनीसँगै ओलीले कानुनमन्त्री पदम गिरीलाई पनि बालकोट झिकाएका छन् । यसअघि एमालेको तर्फबाट सरकारमा रहेका सबै मन्त्रीलाई ओलीले छलफलका लागि बालकोट बोलाएको समाचार आएको थियो। 

तर ओलीको सचिवालयले उक्त कुराको खण्डन गर्दै बाहिर आएका समाचारमा कुनै सत्यता नरहेको स्पष्टीकरण दिएको थियो ।

पछिल्लो समय कांग्रेस- एमालेको सरकार गठनबारे दुई दलबीच छलफल चलिरहेको छ । यस्तोबेला ओलीले मन्त्रीहरूलाई झिकाएर छलफल गर्न लागेका हुन् । 

महासेठ बालकोट पुग्नुअघि एमाले उपाध्यक्ष विष्णु पौडेल पनि अध्यक्ष ओलीसँग संवादमा छन् । अहिले ओलीले पौडेल र महासेठसँग छलफल गरिरहेको बालकोट स्रोतले जनाएको छ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  २०:०७
प्रतिक्रिया दिनुहोस्