Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेल्जियमलाई हराउँदै फ्रान्स युरोकपको क्वार्टरफाइनलमा

मंगलबार, असार १८, २०८१

काठमाडौं– फ्रान्स १७औँ संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको रोमाञ्चक खेलमा बेल्जियमलाई १–० गोलले हराउँदै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो । फ्रान्सको जितमा बेल्जियमले गरेकाे आत्मघाती गोल निर्णायक बन्यो ।

खेलको ८५ औं मिनेटमा बेल्जियमका जान भेर्टोङहेनले आफ्नै पोस्टमा गोल गरेका थिए । फ्रान्स युरोकपको उपाधि दावेदार टोली हो ।


खेलमा दुवै टोलीले गोलका केही सुन्दर अवसर प्राप्त गरे पनि सदुपयोग गर्न सकेनन् ।
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०६:३४
प्रतिक्रिया दिनुहोस्