Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्डले बोलाए माओवादी पदाधिकारी बैठक

मंगलबार, असार १८, २०८१
samridhi jewllers

काठमाडौं–प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका छन्। उनले आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक बोलाएका हुन्।

 कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भइसकेको अवस्थामा राजीनामा दिने कि विश्वासको मत लिने भन्नेबारेमा नै छलफल हुने बताइएको छ ।

संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच गएराति सत्ता सहकार्यका लागि नयाँ समीकरण बनेसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्