Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेका मन्त्रीहरूले राजीनामा दिने

मंगलबार, असार १८, २०८१

काठमाडौँ - दुई ठुला दल नेकपा एमाले र नेपाली काँग्रेसले सत्ता सहकार्य गर्ने सहमति भएसँगै एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका छन् ।

सोमबार मध्यराति वर्तमान गठबन्धन तोडेर एमालेले नेपाली काँग्रेससँग सत्ता समीकरण बनाउने सहमति गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘नेतृत्व’को सरकारमा रहेका एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिन लागेका हुन् ।


एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकार गठन प्रक्रियाका लागि आजै आफ्ना पार्टीका मन्त्रीहरूले राजीनामा दिने पुष्टि गरे ।

काँग्रेस–माओवादी गठबन्धन भत्किएसँगै गत २१ फागुनमा एमाले उपमहासचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी भएको थियो । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री महासेठ नेतृत्वमा एमालेबाट वर्तमान सरकारमा ८ मन्त्री छन् ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०९:४१
प्रतिक्रिया दिनुहोस्