Nic Ad Nic Ad
Nic Ad Nic Ad

बन्दीपुरका सबै गाउँलाई पर्यटकीयस्थल बनाइँदै

मंगलबार, असार १८, २०८१

दमौली -तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ। बन्दीपुर बजारभन्दा केही पर रहेका गाउँलाई पूर्वाधार विकास गरी पर्यटकीय ठाउँका रूपमा विकास गर्न लागिएको हो।

बन्दीपुर–३ रामकोट–५ को कोरिखा, झारगाउँ–६ को धरमपानी, हुस्लाङ, कमलबारी, लखनबारी, ग्याजाटारलगायत गाउँलाई पर्यटकीय ठाउँ बनाउने अभियान सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । पालिकाले त्यस्ता ठाउँमा रहेको घरबास ९होमस्टे० को संरक्षण, प्रवर्धन, पूर्वाधार निर्माणमा सहयोग गर्ने उनले बताए ।


गाउँपालिकाले आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘घुम्न जाउँ बन्दीपुर’ सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम अगाडि बढाएको छ। यसका लागि काठमाडौं, पोखरा, विराटनगरजस्ता ठूला शहरमा कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।

गण्डकी प्रदेशको दोस्रो पर्यटकीय गन्तव्य एवं पहाडकी रानीको नामले परिचित बन्दीपुरका छ वटै वडाका पर्यटकीयस्थलको दिगो विकासका लागि बन्दीपुर गाउँपालिकामा पर्यटकीय केन्द्र बनाउने अध्यक्ष थापाले बताए । पौराणिक सहरका रूपमा रहेको तनहुँको बन्दीपुर गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरिएको छ ।

बन्दीपुरमा आउने पर्यटकको लागत राख्न र होमस्टे होटेलहरूको एकीकृत जानकारी गराउन पर्यटन सूचना केन्द्रको स्थापना गर्ने, होमस्टेको संरक्षण संवर्धन र प्रवर्धन न गरी होमस्टे सर्किटको विकास गर्ने जानकारी दिइएको छ । सिद्धगुफा, पातलदारी गुफा हुस्लाङकोट दरबार, मुकुन्देश्वरी पदमार्ग, चन्द्रकोटगढी, थानीमाई, भुकभुके पर्यटकीय क्षेत्रलगायतका पर्यटकीयस्थलको संरक्षण गर्ने नीति पनि अगाडि सारिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १०:२१
प्रतिक्रिया दिनुहोस्