Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुन र चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

मंगलबार, असार १८, २०८१

नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । यस दिन सुन प्रतितोला १०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा खरिदबिक्री भईरहेको छ ।

सोमबार छापावाला सुन प्रतितोला एकलाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आजको बजारमा चाँदीको मूल्य तोलामाएक हजार ८०५ रुपैयाँमा किनबेच भईरहेको छ । आईतबार कायम प्रतितोला एक हजार ७९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्