Nic Ad Nic Ad
Nic Ad Nic Ad

मार्ग प्रशस्त गर्न प्रचण्डलाई ओलीको आग्रह

मंगलबार, असार १८, २०८१

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गरेर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।

samridhi jewllers

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर ओलीले कांग्रेससँग भएको सहमति बारे जानकारी गराउँदै मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।

उनले कांग्रेससहितका दलको समर्थनमा आफू प्रधानमन्त्री बन्ने भन्दै प्रचण्डलाई पनि राष्ट्रिय सहमतिको सरकारमा सामेल हुन आग्रह गरेका छन् ।

गएराती कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा रहेको गठबन्धन भत्किएको छ । प्रचण्डले भने प्रधानमन्त्रीबाट राजीनामा दिने या विश्वासको मत लिने भन्नेबारे छलफल गरिरहेको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्