Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपा नयाँ गठबन्धनमा सहभागी नहुने 

मंगलबार, असार १८, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले अब यो सरकारबाट पार्टी बहिर्गमन हुने निर्णय पनि लिएको छ । अर्को सरकार बन्ने प्रक्रिया सुरु भएपछि मन्त्रीहरू फिर्ता बोलाउने बैठकपछि पार्टीका सचेतक सन्तोष परियारले बताए ।

उनले भने, ‘घटना अगाडि बढिसकेपछि हामी अब बन्ने गठबन्धनमा रहँदैनौँ । नयाँ सरकार बन्ने प्रक्रिया अगाडि बढ्ने बित्तिकै हामी यो सरकारबाट बहिर्गमित हुनेछौं ।’

परियारले यो गठबन्धन देश हितमा नरहेको र राजनीतिक स्थायित्व दिने विश्वास पनि नरहेको उल्लेख गरे । दुईवटा ठूला शक्तिहरू सँगै सरकारमा रहनु लोकतान्त्रिक संस्कार नहुने उनको टिप्पणी छ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्