Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने निर्णय

मंगलबार, असार १८, २०८१

काठमाडौँ-नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने निर्णय गरेको छ । मङ्गलवार(आज) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने धारणा बनाउनुभएको छ । हामीले पनि पार्टीको तर्फबाट एकमतले समर्थन गरेका छौँ । विभिन्न पक्षसँग कुरा गर्छौँ । रास्वपा, काँग्रेस र एमालेका विभिन्न पक्षसँग कुराकानी गरेर अगाडि बढ्ने सहमति भएको छ ।’ त्यसो भएमा एमालेले समर्थन फिर्ता लिन सक्नेछ । तर प्रधानमन्त्री ‘प्रचण्ड’सँग विश्वासको मत लिन ३० दिन रहनेछ । उनले विश्वासको मत नपाए नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्